पर्साको वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वाप सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
अदालतले बयानपछि थुनछेक बहस गर्दै लामिछानेलाई धरौटी बुझाएर रिहा हुने विकल्प दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते अभियोगपत्र दर्ता गरेको थियो।
सहकारीको रकमबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार र नेचर हर्ब्स इन्डस्ट्रिजमा ९५ लाख ९८ हजार रुपैयाँ स्थानान्तरण भएको पाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।