२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ९२५ जनाले गराए उम्मेदवारी मनोनयन दर्ता

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९२५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले महिला ३३६ र पुरुष २ हजार ५८९ जनाले मनोनयन दर्ता गरेको बताए ।



उनले भने, ‘अहिले हाम्रो सिस्टममा २ हजार ९२५ उम्मेदवारी मनोनयन दर्ता भएको सूची प्राप्त भएको छ । त्यसमा महिला ३३६ र पुरुष २ हजार ५ सय ८९ दर्ता भएको छ । समावेशी समूह अन्तर्गत अपांगताको ८५ जना, पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको भनेर आएको छ । बाँकी निरन्तर अपडेट भइ नै रहन्छ ।’

बिहान १०:०० बजेबाट सुरु भएर अपरान्ह ५:०० बजेसम्म तोकिएको उक्त समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी नै रहेको आयोगले जनाएको छ ।



यसैगरी आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको जनाएको छ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।



  • प्रकाशित मिति : ६ माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया