काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कालोपत्रे परिवर्तनको काम सकिएको छ । काम सकिएसँगै भोलिदेखि विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा आउनेछ । ३ महिनादेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरी कालोपत्रे परिवर्तनको काम हुँदै आएको थियो ।
३ हजार ५० मिटर लामो धावनमार्गको कालोपत्रे फेर्न दैनिक ९० जना कामदार खटाइएको थियो । कालोपत्रे फेरेपछि धावनमार्ग कमजोर भएर वर्षाको समयमा चिरा पर्ने समस्या अन्त्य भएको विमानस्थल प्रशासनले बताएको छ ।
ट्याक्सी वेसहितको कालोपत्रे फेर्ने कामका लागि चिनियाँ कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इञ्जिनियरिङ कर्पोरेसनलाई ४ अर्ब २७ करोड रुपैयाँमा ठेक्का दिइएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार भोलिदेखि विमानस्थल २१ घण्टा खुल्नेछ । तर, भदौ १५ देखि पुस १५ सम्म ट्याक्सी वेको कामका लागि विमानस्थल फेरि दैनिक ८ घण्टा बन्द हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।