परराष्ट्रमन्त्री ज्ञवाली चीन प्रस्थान

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकमा भाग लिन आइतबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

ज्ञवाली सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनेछन् भने सन् २०२० का लागि जी–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मंगलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट’ र नयाँ शक्ति संकलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्नेछन् । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नेछन् । 

मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उच्चस्तरीय चिनियाँ अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत छन् ।

मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले बिदाइ गरेका थिए । 





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १७:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया