२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

दाँतको स्वास्थ्य, शरीरको सुरक्षा : बेवास्ताले ल्याउने गम्भीर जोखिम

दाँत र गिजाको स्वास्थ्यले मानिसको समग्र स्वास्थ्य निर्धारण गर्छ । मुख शरीरको प्रवेशद्वार भएकाले यहाँ देखिने साना समस्या बेवास्ता गर्दा मुटु, मधुमेह र पाचन प्रणालीसम्म असर पर्न सक्छ । 

अर्थोडोन्टिस्ट डा. हर्षकुमार तिवारीका अनुसार दन्त स्वास्थ्यलाई सामान्य सौन्दर्यको विषय मात्र नभई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण आधारका रूपमा बुझ्न जरुरी छ ।



दाँतको राम्रो हेरचाहका लागि नरम (क्यात) ब्रस र फ्लोराइडयुक्त टुथपेस्टको प्रयोग अत्यावश्यक हुन्छ । नरम ब्रसले गिजा र दाँतलाई क्षति नपुर्याई सफा गर्छ भने फ्लोराइडले दाँत मजबुत बनाउँदै किराको जोखिम घटाउँछ। बिहान उठेपछि र राति सुत्नुअघि कम्तीमा दुई पटक, प्रत्येक पटक दुई मिनेटसम्म दाँत माझ्न उनी सुझाव दिन्छन् । 

मुखमा रहेका ब्याक्टेरियाले चिनी र कार्बोहाइड्रेटबाट एसिड बनाउँछन्, जसले दाँतको बाहिरी तह बिगार्दै किराको समस्या ल्याउँछ। समयमै उपचार नगर्दा असह्य दुखाइ, सङ्क्रमण, दाँत खस्ने र सङ्क्रमण शरीरका अन्य अङ्गसम्म फैलिन सक्छ। धुम्रपान र मदिराले गिजा रोग, मुख सुख्खा हुने र मुखको क्यान्सरसम्मको जोखिम बढाउँछन् ।



समग्र स्वास्थ्यको पहिलो आधार रहेको दाँतको सुरक्षा र उपचार कसरी गर्ने फरकधारका लागि जानकी घिमिरेले अर्थोडोन्टिस्ट डा. हर्षकुमार तिवारीसँग गरेको कुराकानी : 



  • प्रकाशित मिति : ७ माघ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया