एसिसी यु–१९ का लागि नेपाली युवा टोली मलेसया प्रस्थान

काठमाडौं– मलेसयामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

कप्तान रोहितकुमार पौडेलले नेतृत्व गरेको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रसिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतीष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै, टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन् । 

प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल यही असार १८ गते चीनसँग खेल्नेछ । नेपालको समूहमा चीन र सिंगापुर छन् । त्यसैगरी, नेपालले आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम खेल असार २० गते सिंगापुरसँग खेल्नेछ ।
     
प्रतियोगितामा यसअघि आठ टोलीले सहभागिता जनाउने भनिएता पनि प्रतियोगिता सुरु हुनु केही दिनअघि मात्रै म्यान्माले नाम फिर्ता लिएको थियो । समूह ए रहेको म्यान्माले नाम फिर्ता लिएपछि उक्त समूहमा तीन टोली मात्रै सहभागी भएका हुन् । अर्को समूहमा भने चार टोली छन् ।  
    
अर्को समूहमा आयोजक मलेसियासँगै, भुटान, हङकङ र थाइल्यान्ड रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । प्रतियोगिता यही असार २५ गतेसम्म चल्नेछ । 





  • प्रकाशित मिति : असार १५, २०७६ आइतबार १७:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया