२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

निर्वाचनका लागि पूर्णतयारीमा छ एमाले : शेरबहादुर तामाङ

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ बाट प्रस्तावित प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर तामाङले पार्टीको पछिल्लो महाधिवेशनले एमाले अझै सशक्त, समावेशी र जनआधारित पार्टी भएको स्पष्ट सन्देश दिएको बताए ।

भदौ २३–२४ मा भएको विध्वंसपछि पार्टीलाई पुन जनतामाझ परीक्षण गर्नुपर्ने आवश्यकता महसुस भएकाले नियमित समयभन्दा अगाडि महाधिवेशन गरिएको उनको भनाइ छ । देशव्यापी कार्यक्रममार्फत जनमत जाँचेर मात्रै महाधिवेशनमा जाने निर्णय गरिएको उनले बताए ।



भक्तपुरको सल्लाघारीमा सम्पन्न महाधिवेशन उद्घाटन सत्रमा देखिएको विशाल जनसहभागिताले ‘पुराना पार्टी समाप्त भए’ भन्ने भ्रम चिर्दै एमाले अझै भूगोलमै मजबुत रहेको प्रमाणित भएको तामाङको दाबी छ ।





  • प्रकाशित मिति : ८ माघ, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया