विशेष महाधिवेशनमार्फत निर्वाचित नेपाली कांग्रेसका पदाधिकारीहरूलाई केन्द्रीय कार्यालय सानेपा प्रवेश गर्न नदिने अडानबाट असन्तुष्ट पक्ष पछि हटेको छ । कांग्रेसको दोस्रो केन्द्रीय समितिको बैठक शुक्रबार सानेपामा बसेको हो । नयाँ कार्यसमितिले सोही दिनबाट सानेपाबाट काम सुरु गरेको हो ।
निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभाभक भएर बस्न आग्रह गर्दै आएका थिए। तर, शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा देउवालाई नयाँ कार्य समितिले आफ्नो अभिभावक मानेको प्रस्टै देखियो।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको तस्बिरको अन्तिममा निवर्तमान सभापति शेरबहादुर देउवाको पनि तस्बिर राखिएको छ। सुरुमा बिपी कोइराला, सुवर्णशमसेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र अन्तिममा देउवाको फोटो समावेश गरिएको छ।
कांग्रेस स्रोतका अनुसार हरेक औपचारिक कार्यक्रममा सबै नेता अटाएको यस्तै तस्बिर राखिने छ। यसैबीच नेपाली कांग्रेसको फेसबुक पेजसमेत नयाँ कार्यसमितिको हातमा पुगेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।