३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवार विरूद्ध उजुरी

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।

निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट बन्द सूचीको क्रम संख्या ९७ मा नाम रहेका सिरहाका चन्द्रेश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बन्द सूचीको क्रम संख्या ६२ मा नाम रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बन्द सूचीको क्रम संख्या ३७ मा नाम रहेका पाख्रिबास- ८, धनकुटाका कुमारबहादुर थापाका बारेमा आयोगमा उजुरी परेको उल्लेख छ ।



समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा मण्डल आदिवासी तर्फको व्यक्ति भएकाले उनको नाम मधेसी समुदायमा राख्न नमिल्ने भनी पिपरा गाउँपालिका–१ महोत्तरीका सन्तोषकुमार साहले उजुरी गरेको जनाइएको छ ।

यस्तै ललितपुरका लामा अपाङ्गता नभएको व्यक्ति भए पनि अपाङ्ग भनिएको उल्लेख गरिएको भनी तेमाल-२ काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले उजुरी गरेका हुन् ।



धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भनी पाख्रिबास-५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित पक्षले आ-आफ्नो सबुद प्रमाण साथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको आयोगले जनाएको छ । आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनले व्यवस्था गरे बमोजिम हुने जनाइएको छ ।



  • प्रकाशित मिति : १० माघ, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया