एजुकेशन पार्क ‘द पायनियर’ अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित, पहिलो नेपाली कम्पनी

काठमाडौं– नेपाली बजारमा अहिले शैक्षिक परामर्श कम्पनीहरुको खासै राम्रो छवि छैन । बग्रेल्ती खुलेका कम्पनीहरु र विद्यार्थीहरु ठगिएका घटना बढिरहेका छन् । 

तर, बजारमा त्यस्ता केही कम्पनी पनि छन् जो संयम छन्, उत्तरदायी छन् र अनवरत रुपमा राम्रो काम गरिरहेका छन् । तिनैमध्ये एक हो, एजुकेशन पार्क । 

र, यही एजुकेशन पार्क अन्तर्राष्ट्रिय स्तरमा नै शिक्षा क्षेत्रको सबैभन्दा ठूलो मानिने सम्मान ‘द पायनियर अवार्ड २०१९’ का लागि मनोनयनमा परेको छ । यो नेपाली शैक्षिक परामर्श कम्पनीका लागि ठूलो उपलब्धि हो । द पाइ नामक मिडियाले दिने यो अवार्डका लागि शैक्षिक परामर्श कम्पनीमा एजुकेशन पार्कसँगै युक्रेन, पोल्यान्ड, टर्कीका शैक्षिक परामर्श कम्पनी पनि मनोनयनमा परेका छन् । 

एजुकेशन पार्कले अष्ट्रेलिया, अमेरिका, बेलायत, न्युजिल्यान्डलगायतका राम्रा शैक्षिक गन्तव्यहरुका विश्वविद्यालय तथा शिक्षबारे परामर्श दिने गरेको छ । सिभिल मलमा रहेको एजुकेसन पार्कले भाषा कक्षा पनि सन्चालन गर्ने गर्छ । 

एजुकेशन पार्कको गुणस्तरीय काम, उसले प्रदान गर्ने परामर्श तथा अभिभावक र विद्यार्थीले देखाएको विश्वासका कारण एजुकेशन पार्क अन्तर्राष्ट्रिय अवार्डको दाबेदार भएको हो । यसरी मनोनयनमा पर्ने यो नेपालको पहिलो कम्पनी हो । 

द पाइले यो अवार्ड सन् २०१७ देखि दिन थालेको हो । यसका लागि उसले विश्वभरका विभिन्न क्याटेगोरीमा संस्थाहरुको छनोट गर्छ । अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा रहेका प्रोफेसनलहरुको विश्वव्यापी समुदायलाई एकै परिधिमा बाँध्ने हेतुले स्थापित द पाइले यसपटक विभिन्न १६ विधामा मनोनयन सार्वजनिक गरेको छ । 



‘यो हाम्रालागि मात्र होइन, नेपाली शैक्षिक परामर्श कम्पनी सबैका लागि ठूलो उपलब्धि हो,’ द पाइमा मनोनयनमा परेपछि एजुकेशन पार्कका कार्यकारी निर्देशक विराज पाण्डेले भने, ‘यसले हामीले अनवरत रुपमा राम्रा काम गरिरहेका छौँ भन्ने सन्देश दिनेमात्र होइन, यो क्षेत्रमा व्यवसायिक भएर राम्रो काम गर्नु पर्ने सन्देश पनि दिन्छ ।’

केही समयअघि देखि मात्र एजुकेशन पार्कले विद्यार्थी र अभिभावक दुवैलाई आवश्यक हुने अनुभूत गर्दै ‘प्यारेन्ट्स इन्फर्मेसन सेसनको आयोजना पनि गरेको थियो ।’ 



एजुकेसन न्युजिल्यान्डका जनरल म्यानेजर पल इर्विनले शिक्षा क्षेत्रको ओस्कार उपाधि दिएको यो अवार्डमा मनोनयनमा पर्दा आफूहरु उत्साहित भएको र थप जिम्मेवार भएर अगाडि बढ्न यसले प्रोत्साहन गरेको मान्छन्, पाण्डे । ‘यसरी अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बन्दै जानु भनेको हाम्रो यो क्षेत्र नै अझ राम्रो हुँदै जानु पनि हो । हामी सबै थप जिम्मेवार भयौँ भने अहिले फैलिएका भ्रमहरु पनि विस्तारै हराउँदै जान्छन् ।’

द पायनियर अवार्ड्स समारोह २०१९ चाहिँ १९ सेप्टरम्बरमा लन्डनमा हुँदैछ । त्यही दिन १६ विधाका विजेताको घोषणा हुँदैछ । 

  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार ८:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया