काठमाडौं– अधिकांश मानिसहरु कडा मेहनत गर्छन् । तर, आशा गरेअनुसार उनीहरुलाई सफलता मिल्दैन । केहीको त समस्याहरु हल पनि हुँदैनन् । यस्तो अवस्थाबाट बच्नका लागि शास्त्रमा अनेक नियमहरु बनाइएको छ । गरुड पुराणको आचारकान्डमा ४ यस्ता बानीहरु बारे बताइएको छ ।
केही मानिसहरु आफ्नो पद र पैसाको घमन्ड गर्छन् । यस्तो घमन्डका कारण उनीहरु अर्को व्यक्तिलाई सानो सम्झिन्छन् । यसले अरुलाई पीडा पुगिरहेको हुन्छ । कुनै पनि प्रकारबाट अरुलाई दुःख दिनु राम्रो होइन । त्यसैले यो बानी छिटो छोड्नु पर्ने हुन्छ ।
केही मानिसहरु अरुको सफलता देखेर जलिरहेका हुन्छन् । यसले मानसिक तनावलाई बढाउँछ । जे हामीसँग छ, हामीले त्यही कुरामा सन्तोष लिनु पर्ने हुन्छ ।
केही मानिसहरु धन पाउनका लागि अर्काको घन हडप्ने कोशिष गरिरहेका हुन्छन् । कसैले त यसको प्रयास पनि गर्छन् । दोस्रोको धन वा सम्पत्ति पाउने इच्छा राख्नु शास्त्रमा निकै ठूलो पाप मानिएको छ । त्यसैले यस्तो सोच राख्नु हुँदैन ।
अरु मानिसलाई नराम्रो गर्नु निकै नराम्रो कुरा हो । हामीले केवल आफ्नो काममा ध्यान दिनु पर्ने जरुरी हुन्छ । शास्त्रमा अरुको नराम्रो सोच्नुलाई पाप गर्नु भन्ने मानिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।