चितवन कांग्रेसले गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा लाखबत्ती बाल्ने

चितवन– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ । 

कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी सुरु गरिएको जनाएके छ । दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए । 

यससँगै नारायणी किनारमा हुने  गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टंकनाथ पौडेलले जानकारी दिए ।   

लाखबत्ती र दीप प्रज्वलनमा  कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालको समेत उपस्थिति हुने जनाइएको छ । पार्टीका जिल्ला सभापति जितनारायण श्रेष्ठले आफ्ना स्व. नेताको सम्झनामा लाखबत्ती बालेर पहिलोपटक जन्मदिन मनाउन लागिएको जानकारी दिए । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १४:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया