३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

मकेशकुमार र अम्बिकाकुमारीको दुःखद अन्त्य, श्रीमान-श्रीमतीको घाँटीमा कसरी चल्यो चक्कु ?

मोरङको रंगेलीमा निकै दुःखद घटना घट्यो । अहिले त्यो गाउँ शोकमा छ । जहाँ नव विवाहित एक जोडीको विभत्स हत्या भएको छ ।

स्थानीय मुकेश कुमार मण्डल र उनकी श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या भएको हो । दुवैको घाँटी रेटिएको अवस्थामा हत्या भएको हो । 



मुकेशले पहिला श्रीमतीको हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको बताइए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका डिएसपी लीलाराज लामिछाने घटनाबारे अनुसन्धान भइरहेको बताइन्छ । 

मुकेशकुमार रंगेली नगरपालिका–५ बहुवनका हुन् । मुकेशकुमार र अम्बिकाकुमारीको रंगेली –५ धनपट्टीस्थित ससुराली घरमा हत्या भएको हो । उमेरले उनी दुवै अन्दाजी २१ वर्षका हुन् । मुकेश  घटनाको बेलुका धनपट्टीस्थित ससुराली पुगेका थिए । हालैका नव विवाहित भए पनि उनीहरूबिच घरेलु विवाद भने यसअघि पनि देखिएको बताइएको छ । चक्कुले दुवै घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 



घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिसकेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डिएसपी लामिछानेले बताएका छन् । उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गरिने बताएका छन् । 



  • प्रकाशित मिति : २० माघ, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया