आईसीसी टी-२० विश्वकपको वार्मअप खेलमा आज नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ ।
१४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए । नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरेका थिए । आरिफ ६१ र दीपेन्द्र ५० रनमा अविजित रहे । नेपालले अर्को वार्मअप खेल बिहीबार क्यानडासंग खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।