बंगलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ परेका छन् ।
बुढानीलकण्ठ नगरपालिका–८, भंगालस्थित एक घर भाडामा लिई ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उनीहरूको उद्धार गरेको छ ।
बंगलादेशबाट काठमाडौंं बोलाएर उनीहरूलाई बन्धक बनाई ठगी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई उनीहरुलाई बन्धक बनाइएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बंगलादेशी नागरिक ३८ वर्षीय आल मामुन, काठमाडौंका ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन् । यस्तै भारतका ४१ वर्षीय सरोजकुमार र नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ३२ वर्षीय शशी पाठक पनि छन् ।
पक्राउ परेकाहरूमाथि शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।