३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

१० जिल्लाका न्यायाधीश सरुवा, को कहाँ ?

विभिन्न जिल्लाका १० जना न्यायाधीशहरूको सरुवा भएको छ । न्याय परिषद्ले बुधबार काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली, ललितपुर, मोरङ र धनुषाका न्यायाधीशहरूको सरुवा गरेको हो ।

बारा जिल्ला अदालतमा कार्यरत न्यायाधीश भोलानाथ ढकाललाई न्याय परिषद्मा काजमा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश प्रकाशकुमार अधिकारीलाई बारा जिल्ला अदालतमा सुरुवा गरिएको छ ।



यसैगरी मोरङ जिल्ला अदालतमा कार्यरत न्यायाधीश बाबुराम सुवेदीलाई जिल्ला अदालत बारामा सरुवा गरिएको छ भने रौतहट जिल्ला अदालतमा कार्यरत न्यायाधीश विमला रेग्मीलाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरिएको छ ।

यसैगरी विभिन्न जिल्लाका २० जना न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : २१ माघ, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया