प्रदेश ३ का टिभी/अनलाइन दर्ता गर्न, प्रेस कार्ड लिन हेटौंडा जानुपर्ने

काठमाडौं– प्रदेश ३ का टेलिभिजन तथा अनलाइन दर्ता गर्न वा नवीकरण गर्न प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा जानु पर्ने भएको छ । हेटौंडामा रहेको प्रदेश सरकारको सन्चार रजिष्ट्रारको कार्यालयबाट यी काम हुनेछ । एक हजार वाटसम्मका एफएम रेडियो, स्याटेलाइटबाहेकका टिभी तथा अनलाइन दर्ता गर्न त्यहाँ पुग्नु पर्ने भएको हो । 

प्रेस प्रतिनिधि कार्ड वितरण तथा नविकरण पनि अब हेटौंडाबाट हुने प्रदेश सरकारले जनाएको छ । 

९ असारमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सन्चारमाध्यम नियमावली ०७६ स्वीकृत गरेपछि प्रदेश अन्तर्गतका सन्चारमाध्यमको दर्ता तथा नविकरण, अभिलेख राख्ने काम हुने भएको हो । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १९:७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया