आइफा अवार्ड राेक्न संसदीय समितिकाे सरकारलाई निर्देशन

काठमाडाैं– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । आगामि अगस्टमा हुने भनिएको अवार्डमा नेपाल सरकार तथा काठमाडौं महानगरपालिका सहआयोजक हुने भनिएपछि विवाद निम्तिएको थियो । 

३ असारमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आइफा अवार्ड रोक्न समितिले मंगलबार सरकारलाई निर्देशन दिएको हो । 

आइफा नेपालमा गर्दा यसले राष्ट्रको स्वाधिनता तथा स्वतन्त्रतामाथि आँट पुर्याउने समितिले ठहर गरेको छ । 

समितिका अधिकांश सदस्यले आइफाले राष्ट्रियता गिराउने तर्क गरेका थिए । 

यसअघि आइफा अवार्ड गराउनका लागि सरकारले झन्डै १ अर्ब रुपैयाँ दिने कुरा बाहिर आएको थियो । 

सरकारले यो अवार्ड गराउन संस्कृति तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा समिति पनि बनाएको थियो । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार १९:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया