पानीको कमीले पनि हुनसक्छ हृदयघात

एजेन्सी– सामन्यतया गर्मीमा हृदयघातको सम्भावना कम हुन्छ । तर, शरीरमा पानीको कमी हुने हो भने हृदयघातको सम्भावना बढी हुन्छ । 

यसअघि गरिएका अध्ययनहरुलाई आधार बनाउने हो भने जाडो मौसममा भन्दा गर्मीमा धेरै हृदयघात हुनसक्छ । यसको एउटा कारण वातावरणको तापक्रमलाई मानिएको छ । 

तर, गर्मी मौसममा पनि मानिसहरुले धेरै परिश्रम गर्ने र पसिना बगाउने तर आवश्यकताअनुसार पानी नपिउने हो भने हृदयघातको उत्तिकै सम्भावना हुने देखिएको छ । रगतमा आवश्यकभन्दा कम पानीको मात्रा हुँदा यस्तो समस्या अझ बढ्दै जाने अनुसन्धानहरुले देखाएका छन् । 

यतिमात्र होइन, गर्मीमा बियरको सेवन गर्ने मानिसहरुको संख्या पनि बढी हुन्छ । यसका कारण पनि हृदयघातको सम्भावना बढ्ने अध्ययनहरुले देखाएका छन् । 





  • प्रकाशित मिति : असार १७, २०७६ मंगलबार २०:१९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया