एजेन्सी– युरोपेली युनियन (इयु) का नेताहरुले पहिलो पटक युरोपेली कमिसनको प्रमुखमा महिलालाई प्रस्ताव गरेका छन् । यो रोजाइ आश्चर्यजनक भएको प्रतिक्रिया अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।
इयु नेताहरुले कमिसनको प्रमुखमा जर्मनीकी रक्षामन्त्री उर्सुला भोल डेर लियनलाई छानेका हुन् । यसअघि कमिसनमा जाँ क्लाउडे जन्कर कमिसनका प्रमुख थिए । उनी लक्जेमबर्गका राजनीतिज्ञ हुन् ।
त्यस्तै, युरोपियन सेन्ट्रल बैंकका लागि पनि यसपटक महिला नै मनोनित भएकी छिन् । यसरी मनोनित हुनेमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लागार्डे रहेकी छिन् ।
लामो समयको वार्ता र छलफलपछि यी दुई निर्णय गरिएका हुन् ।
युरोपेली कमिसनकी प्रमुखमा छानिएकी उर्सुला ब्रसेल्समा जन्मिएकी हुन् । लन्डनमा अर्थशास्त्र पढेकी उर्सुलाले जर्मन चान्सलर एन्जेला मर्केलको पार्टीको सदस्यता सन् २००५ मा लिएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।