नेपालले चीनलाई पाँच ओभरमै हरायो

काठमाडौं– साविक विजेता नेपालले मलेसियामा भइरहेको यु १९ पूर्व क्षेत्रीय क्रिकेटमा सानदार सुरुवात गरेको छ । मलेसियाको क्वलालम्पुरमा भएको खेलमा नेपालले चीनले दिएको ५४ रनको लक्ष्य कुनै विकेट क्षतिविना पाँच ओभरमा नै पूरा गर्यो । 

नेपालका लागि ओपनिङमा गएका पवन सरार्फ र रित गौतमले उत्कृष्ट प्रदर्शन गरे । खेलमा पवन सर्राफ एक्लैले ४६ रन जोडे । 

नेपालको बलिङमा पनि सागर ढकालले निकै राम्रो प्रदर्शन रे । उनले ९ ओभर बलिङ गर्दा १९ रन दिएर ६ विकेट लिए । 

टस जितेर फिल्डिङ रोजेको नेपालले चीनलाई २३.१ ओभरमा नै समेटेको थियो । चीनले सबै विकेट गुमाउँदा ५३ रन जोड्न सफल भएको थियो । यसका लागि चीनका ओपनर गुओहाओ गाओ र लियाङ चेनले सर्वाधिक १३–१३ रनको योगदान दिए । अरु ब्याट्सम्यानले स्कोर बोर्डमा दोहोरो अंक पनि जोड्न सकेनन् । 

नेपाल यो खेलमा समूह एमा रहेको छ । यही समूहमा चीन र सिङ्गापुर पनि छन् । अब नेपालको खेल २० असारमा सिङ्गापुरसँग हुँदैछ । यो समूहबाट म्यानमारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको थियो । २५ असारसम्म चल्ने यो खेलको उपाधि जित्ने लक्ष्य नेपालले लिएको छ । यो खेल विजेता टिम यु १९ एसिया कपमा पुग्नेछ ।





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १०:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया