सरकारले आइफा अवार्ड नेपालमा गर्ने निर्णय फिर्ता लिने

काठमाडौं– जताततैबाट विरोध भएपछि नेपाल सरकारले (इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड्स) नेपालमा गर्ने निर्णय फिर्ता लिने भएको छ । 

भारतीय कलाकार जय प्रदाको अनुरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा यो अवार्ड कार्यक्रममा नेपालमा गरिने तय भएको थियो । 

८ असारमा मन्त्रिपरिषद् बैठकबाट आइफा अवार्ड कार्यक्रम नेपालमा गर्ने निर्णय भएको थियो । यो कार्यक्रमका लागि काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड लगायतबाट झन्डै एक अर्ब नेपाल सरकारले खर्च गर्ने देखिएको थियो ।

‘जताततैबाट विरोध र संसदीय समितिबाट पनि आइफा अवार्ड नगर्न सरकारलाई निर्देशन आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो कार्यक्रम फिर्ता गर्नु भन्ने निर्देशन दिएको बुझेको छु,’ सांसद् समेत रहेका नेकपाका केन्द्रीय सदस्यले भने, ‘यसको औपचारिक निर्णय आउँदै होला ।’





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १३:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया