लोकसेवामा नौ हजार सिटका लागि साढे चार लाखले भरे फारम

काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी माग गरी खुलाएको विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले फारम भरेका छन् । मंगलबार अन्तिम फारम भर्ने समयसीमासम्म यति आवेदकले फारम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । 

उनका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५ सय ६७, जनजाति ४३ हजार ३ सय २६, मधेसी २४ हजार ९०, दलित तीन हजार ९१ र अपांग १ सय ४६ र पिछडिएका १ सय १६ ले आवेदन दिएका छन् । ५ सय १५ स्थानीय तहका लागि नौ हजार १ सय ६१ कर्मचारी माग गर्दै आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो ।

आयोगका अनुसार ती आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजस्व संकलन भएको छ । आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । 

सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै आयोगलाई परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १६:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया