महाधिवेशन घोषणा गर्न कांग्रेस युवानेता पौडेलको माग

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली कांग्रेसको महाधिवेशन घोषणा गर्न माग गरेका छन् । बाँकेमा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले १४औं महाधिवेशनको मिति घोषणा गर्नुपर्ने माग गरेका हुन् । 

वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल फागुनमा सकिने भएकाले अहिले नै महाधिवेशनको मिति तय गरेर जान सके संगठन चलायमान हुने उनले बताए । देशैभर कांग्रेस भए पनि संगठन निर्माण गर्न नसक्दा पार्टी चलायमान नभएको उनले बताए ।

बुधबार जिपी कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, ‘संघीय संरचनाअनुसार तलदेखि माथिसम्म संगठन नहुँदा पार्टी चलायमान भएन, संगठनलाई पूर्णता दिन पनि महाधिवेशन आवश्यक छ ।’

महाधिवेशन गर्ने र रणनीति बदलेर जाने हो भने कम्युनिस्टसँग भिड्न सकिने बताउँदै उनले भने, ‘एउटा चुनाव हार्दैमा पार्टी गर्लम्म ढल्दैन, देशैभर कांग्रेसका साथीहरू हुनुहुन्छ ।’ संगठन बलियो भए मात्रै कम्युनिस्टसँग भिड्न सकिने उनको तर्क थियो । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १६:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया