राहुल गान्धीले भने : कंग्रेसको अध्यक्ष म होइन

नयाँ दिल्ली– भारतीय कंग्रेसका नेता राहुल गान्धीले अब आफू पार्टी अध्यक्ष पदमा नरहेको घोषणा गरेका छन् । बुधबार उनले अब पार्टी अध्यक्ष को होला भन्ने कुराको फैसला कंग्रेस वर्किङ कमिटी (सिडब्ल्यूसी)ले गर्ने बताएका छन् । 

उनले भने, मैले पहिला नै अध्यक्ष पदबाट राजीनामा दिइसकेको छु र म अब उक्त पदमा छैन । सिडब्ल्यूसीले जतिसक्यो छिटो बैठक बोलाएर फैसला लिनुपर्छ ।’

गत लोकसभा निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि राहुलले कंग्रेसको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले अब गान्धी परिवारभन्दा बाहिरबाट कसैलाई अध्यक्ष बनाउनुपर्छ भनेर राय दिँदै राजीनामा दिएपछि वरिष्ठ नेताहरुले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । 





  • प्रकाशित मिति : असार १८, २०७६ बुधबार १६:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया