काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार पारिसकेको बताएका छन् । बिहीबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महानिरीक्षक खनालले अहिलेदेखि नै प्रदेशको अभ्यास गरिरहेको र समायोजनका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताए ।
सबै प्रदेशको आवश्यक दरबन्दीबारे प्रारम्भिक तथ्यांक तयार पारेको बताउँदै महानिरीक्षक खनालले अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाइएको जानकारी दिए ।
बैठकमा गृहसचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनका क्रममा निजामती कर्मचारीको जस्तो तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका वेला गृहसचिव राईले त्यसो गर्दा अप्ठेरो पर्ने बताए । कस्तो अप्ठेरो पर्ने भने उनले खुलाएनन् ।
समायोजनका क्रममा डिएसपीभन्दा तलका सबै पद प्रदेशअन्तर्गत रहने र माथिका पद केन्द्र मातहत रहने प्रारम्भिक प्रस्ताव तयार पारेको जानकारी दिँदै उनले यसमा थप छलफल गरेर अघि बढ्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।