ब्राजिलसँग कोपा अमेरिकाको उपाधि भिडन्तमा पेरु, चिलीको 'ह्याट्रिक' सपना तुहियो

काठमाडौं– गत दुई सिजनको विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कपको फाइनलमा पुगेको छ । अब, उपाधि भिडन्तमा उसको भेट ब्रजिलसँग हुनेछ । सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिनालाई हराएर ब्राजिल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । 

बिहीबार भएको दोस्रो सेमिफाइनलमा पेरुले चिलीलाई उसकै मैदानमा ३–० ले हरायो । हारसँगै, लगातार तेस्रोपटक कोपा अमेरिकाको उपाधि जित्ने चिलीको सपना तुहिएको छ ।

पेरुले खेलको २१औं मिनेटमा इडिसन फ्लोरेसको गोलबाट अग्रता लिएको थियो । ३८औं मिनेटमा योसिमार योतुनले गोल थपेसँगै पहिलो हाफमा पेरु २–० ले अगाडि रह्यो । पेरुका लागि तेस्रो गोल भने इन्जुरी टाइममा पाउलो गोरेगोले गरे ।

फाइनल खेल पेरु र ब्राजिलबीच आइतबार रियो दि जिनेयियामा हुनेछ ।





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १२:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया