विप्लवलाई मूलधारमा ल्याउन कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए । 

अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे ।  निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको भन्दै महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको दाबी गरे । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणा बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नुहुँदैन,’ उनले भने । 

सरकारका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए । 

निधिले भ्रातृ संगठन नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुंगो लाग्ने बताए ।





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १५:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया