काठमाडौं– संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई तीन अर्ब ४० करोड रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
साे रकम नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्नका लागि दिइने जनाइएकाे छ ।
उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।