कोरियन भाषा परीक्षा पास गर्दैमा ढुक्क नपर्नू, ५० प्रतिशतले मात्रै जान पाउने

काठमाडौं– इपिएस प्रणालीअन्तर्गतको कोरियन भाषा परीक्षा पास गरेर बस्नुभएको छ र कोरिया जान पाइनेमा ढुक्क हुनुहुन्छ ? ढुक्क नहुनुस्, किनकि सो परीक्षा पास गरेकै आधारमा कोरिया जान पाउने सम्भावना ५० प्रतिशत मात्रै छ । 

वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया जान यसपालि भाषा परीक्षामा पास हुनेमध्ये आधा मात्र जान पाउनेछन् । सो परीक्षा पास गरेका १२ हजार ९ जनामध्ये दक्षिण कोरियाले ६ हजार ७ सय मात्र कामदार लैजाने इपिएस शाखाले जनाएको छ ।  

कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा ४ हजार ७ सय र कृषि मूलक क्षेत्रमा २ हजार कामदार लैजाने त्यहाँको मानव संशाधन केन्द्रले  नेपाललाई जानकारी दिएको छ । कोरियन भाष परीक्षामा उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषिमूलक क्षेत्रमा २ हजार ८ सय ७६ जनाले नाम निकालेका थिए ।

भदौ ४ देखि १८ गतेसम्म हुने सीप परीक्षणको नतिजाअनुसार दक्षिण कोरिया जान पाउने–नपाउने निश्चित हुन्छ । सीप परीक्षणको लागि असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नु पर्ने इपिएस शाखाले जनाएको छ ।





  • प्रकाशित मिति : असार १९, २०७६ बिहीबार १७:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया