‘कमरेड दीपक मनाङेजस्ता बौद्धिक भएको कमाउनिस्ट पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?’

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई नै नेकपामा आउन गरेको आग्रहमा भट्टराईले कडा प्रतिक्रिया दिएका छन् । उनले ट्विटमार्फ प्रचण्डलाई प्रतिक्रिया दिएका हुन् । 

शुक्रबार समाजवादी पार्टीका देवेन्द्र पराजुली, कल्पना धमलालगायत नेतालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै नेकपामा आउन आग्रह गरेका थिए । यसअघि नेकपाले बिहीबार आपराधिक पृष्ठभूमिका दीपक मनाङेलाई पार्टी प्रवेश गराएको थियो ।

पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएपछि उनले बाबुरामको बौद्धिकताले अरू पार्टीमा गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणी गरेका थिए । 

बाबुरामको बौद्धिकताको कम्युनिस्ट आन्दोलनसँग जोडिए सार्थक हुने र उनको पिएचडीको अर्थ हुने बताएका थिए । अन्त गएर त्यसले सकारात्मक परिणाम दिएको नदेखिएको उनको भनाइ थियो । 

ट्विटरमार्फत सो भनाइको जवाफ दिँदैभट्टराईले लेखेका छन्, ‘कमरेड दीपक मनाङेजस्ता बौद्धिक भएको कमाउनिस्ट पार्टीमा अरू बौद्धिकहरू पनि आवश्यक पर्छ र ?  
 





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १७:१५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया