भारतको कडा दबाबपछि स्थगित भयो तरकारीमा विषादी परीक्षण

काठमाडौं– सरकारले भारतको कडा दबाबपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको हो । 

यसअघि भारतीय दूतावासले लिखित पत्र पठाएर भारतबाट आयात हुने तरकारी नरोक्न दबाब दिएको थियो । सो दबाबका कारण विषदी परीक्षण रोकेको भए पनि सरकारले आवश्यक तयारी नपुगेको भन्दै स्थगितको निर्णय गरिएको बताएको छ ।

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो ।

भारतीय दूतावासले नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै सरकारलाई पत्र नै लेखेको थियो ।





  • प्रकाशित मिति : असार २०, २०७६ शुक्रबार १७:३५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया