प्रहरीको कुटाइबाट पत्रकार गम्भीर

सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमबहादुर कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । 

सिन्धुलीमा उनको उपचार हुन नसकेपछि काठमाडौं लगिएको छ । उनलाई दुई प्रहरीले गएराति कुटपिट गरेका थिए । दुवै प्रहरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत हुन् । 

कुटपिटबाट कार्कीको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनलाई कुनै कारणविना प्रहरीले कुटपिट गरेको थियो । अर्का पत्रकार मीनकुमार दाहालका अनुसार प्रहरीले आफूहरुले खाजा खाइरहेको होटलमा अर्को टेबलबाट भिडियो खिच्न सुरु गरेको र त्यसो नगर्न अनुरोध गर्दा कुट्न थालेको बताएका छन् । यसरी पत्रकारमाथि कुटपिट गर्ने प्रहरी हवल्दार सनमसिंह लामा र प्रहरी जवान विकास स्याङतान हुन् ।

नेपाल पत्रकार महासंघले घटनाको विरोध गरेको छ ।





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार ८:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया