दक्षिण अफ्रिकामा २४ घन्टामा ८ जनाको हत्या

एजेन्सी– दक्षिण अफ्रिकाको केपटाउनमा पछिल्ला २४ घन्टामा आठ जनाको गोली हानेर हत्या भएको छ । गोली हानेर मारिनेमा १८ वर्षदेखिका २६ वर्षसम्मका ६ महिला छन् । 

प्रहरीका अनुसार दुई आपराधिक गिरोहबीच भएको ग्याङवारमा यी महिला मारिएका हुन् । हत्याको कारण अहिलेसम्म खुलेको छैन । प्रहरीले कसैलाई पक्राउ गर्न पनि सकेको छैन ।

त्यहाँको प्रहरीका प्रवक्ता वेन विकले गत सालदेखि नै त्यो ठाउँमा ग्याङवार चलिरहेको र यस्ता घटनामा वृद्धि भएको जनाएका छन् । उनले शनिबार विहान हनोवेर पार्क भन्ने ठाउँमा एक युवक र एक युवतीको गोली हानी हत्या भएपछि यो घटना भएको हुनसक्ने अनुमान गरेका छन् । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार ९:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया