पछिल्ला विवाद सुल्झाउन भेट्दै ओली–प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै छन् । 

प्रचण्डनिकट स्रोतका अनुसार यी दुईले आजको भेटघाटमा राजनीतिक प्रतिवेदन तथा एकताका बाँकी प्रक्रियाबारे छलफल गर्ने छन् । ‘पछिल्ला विवादबारे पनि दुई अध्यक्षबीच छलफल हुने छ,’ प्रचण्ड निकट एक नेताले फरक धारलाई भने, ‘पार्टीमा अराजकता मौलाएको विषयमा दुई अध्यक्षबीच सघन छलफल हुनेछ ।’

पछिल्ला राजनीतिक परिवेश तथा सरकारको बढ्दो आलोचनाबारे पनि यी दुई अध्यक्षबीच छलफल हुने बताइएको छ । 

दुई अध्यक्षले सीमामा भारतबाट आउने तरकारी र फलफूलको विषादीको मात्र जाँच गर्ने, नेपालमा हुने भनिएको भारतीय फिल्म अवार्ड आइफाबारे पनि छलफल गर्ने बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आइफा अवार्ड नेपालमा गराएरै छाड्ने भन्ने अभिव्यक्तिप्रति प्रचण्ड सन्तुष्ट छैनन् । संसदीय समितिले नगर्नू भनिसकेको अवार्डबारे प्रधानमन्त्रीको धारणा आउनुलाई लिएर उनले आफू निकट नेताहरुसँग चिन्ता व्यक्त गरिसकेका छन् । 

‘नेपालको हितमा नहुने काम हो भन्ने प्रष्ट भएको छ, आइफा अवार्ड,’ प्रचण्ड निकट एक नेताले भने, ‘यो अहिले हाम्रो प्राथमिकतामा पनि पर्दैन । हाम्रो प्राथमिकतामा नपर्ने काम अहिले गर्नु कुनै पनि अर्थमा ठिक हुँदैन । तर, संसदीय समितिको निर्देशनलाई नै प्रधानमन्त्रीज्यूले अवज्ञा गर्न खोज्नु भएको छ, त्यसबारे पार्टीभित्र गम्भीर छलफल हुनु आवश्यक छ ।’





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १०:०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया