काठमाडौं– लेखक प्रयास दुमी राईको पहिलो पुस्तक ‘प्राञ्जल’ बजारमा आएको छ । खोटाङका लेखक राईको उपन्यास लेखिका प्रगति राइ, कवि स्वप्निल स्मृति, प्रभात राईलगायतले विमोचन गरेका हुन् ।
बुलबुल पब्लिकेसनले बजारमा ल्याएको पुस्तकको विमोचन कार्यक्रम मूलबाटो प्रतिष्ठानको आयोजनामा भएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्षसमेत रहेकी प्रगति राईले युवाहरुलाई साहित्यमा आकर्षित गर्ने उद्देश्य राखेर प्रतिष्ठानले यो कार्यक्रम गरेको जनाइन् ।
कवि स्वप्निल स्मृतिले प्रयास दुमी राईको साहित्यमा ठूलो सम्भावना रहेको बताए । त्यस्तै, अर्का वक्ता प्रभात राईले आख्यानमा प्रयासको कवितात्मक शैलीको तारिफ गरे ।
कवि बच्चु हिमांशुले सन्चालन गरेको कार्यक्रममा लेखक प्रयास भावुक भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।