काठमाडौं– नेवि संघले सरकारविरुद्ध ‘तरकारी जुलुस’ निकालेको छ । भारतलगायतबाट नेपालमा आयात हुने विषादीयुक्त तरकारी जाँच नगर्ने सरकारको निर्णयको विरोधमा नेविसंघले यस्तो जुलुस निकालेको हो ।
जुलुस आइताबार बिहान वाल्मीकी क्याम्पसबाट सुरु भएको थियो । विरोध जुलुस पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरेको थिए ।
यसअघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरेको थियो ।
असार २ गतेको सो निर्णय असार १३ गतेको मन्त्रिपरिषद्को बैठकले फिर्ता लिएपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।
विषादीयुक्त तरकारी आयातमा रोक लगाउने सरकारको निर्णयपछि भारतीय दूतावासले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै तरकारी नरोक्न दबाब दिएको थियो ।
सोही दबाबका कारण सरकारले आफ्नो निर्णय फिर्ता लिएको छ । यद्यपि सरकारले ‘आवश्यक तयारी नपुगेका कारण’ भन्दै निर्णय फिर्ता लिएको जानकारी गराएके छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।