नेप्से परिसूचकमा चार अंकको गिरावट

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा चार अंकको गिरावट आएको छ ।

आइतबार नेप्से ४.४५ अंकले घटेर १ हजार २ सय ५६.०४ अंकमा पुगेको हो भने सेन्सिटिभ इन्डेक्स पनि १.११ अंकले घटेर २ सय ७०. ३५ अंकमा पुगेको छ । 

नेप्से घटेको दिन बजारमा १ सय ७३ कम्पनीका २२ लाख १६ हजार ४ सय ९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भए । 

आइतबार बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागेका छन् भने बाँकी ६ समूह नै ओरालो लागेका छन् । जसमा निर्जीवन बिमा समूह सर्वाधिक ३८.३२ अंकले उकालो लाग्यो भने जीवन बिमा समूह सर्वाधिक ५०.२४ अंकले ओरालो लाग्यो । 

साताको पहिलो दिन सेयर बजारमा सिभिल बैंकको कारोबार सबैभन्दा धेरै भयो । बैंकको सेयर ५ करोड ७९ लाख ८० हजार ७ सय ४८ रुपैयाँमा कारोबार भएको हो ।

नेप्से घटेको दिन स्वाभिमानी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको हो । त्यसैगरी रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक ११.३० प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : असार २२, २०७६ आइतबार १७:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया