आगरामा बस नालीमा खस्यो, २९ को मृत्यु

एजेन्सी– भारतको उत्तर प्रदेशको आगरामा यमुना एक्सप्रेसवेमा एक बस दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । 

लखनउबाट दिल्ली गइरहेको बस आगराको झरना नालामा खसेको हो । 

त्यहाँको प्रशासनले सबै शव बाहिर निकालिएको र घाइतेलाई अस्पताल पठाइएको जनाएको छ । मृत्यु हुनेमा २७ वयस्क र एक १५ वर्षकी युवती र एक डेढ वर्षका बालक छन् । 

उत्तर प्रदेश रोडवेजले मृतकको परिवारलाई पाँच पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । 





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार ९:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया