तनुश्रीले नाना पाटेकरविरुद्ध मिटू आरोप फेरि ब्यूँताउने

एजेन्सी– अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरविरुद्धको मिटू आरोप फेरि फेरि ब्यूँताउने भएकी छिन् । यसअघि मुम्बईको प्रहरीले यो मुद्दा बन्द गर्न निर्देशन दिएको थियो । नाना पाटेकरलाई क्लिन चिट मिलेको थियो । 

त्यही क्लिन चिटविरुद्ध याचिका दायर गर्ने मनस्थितिमा अब तनुश्री दत्ता पुगेकी छिन् ।

तनुश्रीका वकिल नितिन सतपुतेले यो कुराको पुष्टि गरेका छन् । उनले तनुश्रीले याचिका दायर गर्ने बताएका छन्  यसअघि गत जुनमा यो मुद्दामा नाना पाटेकरले क्लिन चिट पाएका थिए । प्रहरीले यो मुद्दालाई प्रमाणित गर्ने कुनै प्रमाण नभेटेको जनाएको थियो । 

प्रहरीको यो रिपोर्ट आएलगत्तै तनुश्रीले प्रहरी तथा यो मुद्दामा जोडिएका न्यायाधीशले समेत घुस खाएको आरोप लगाएकी थिइन् । 





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार ९:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया