२३ फागुन, २०८२ शनिबार
March 7, 2026

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले पर्साको हरपुर बाट बड निहारतर्फ आउँदै गरेको बा१०च १२५० नम्बरको गाडीमाथि जाँच गर्दा गाडीको पछाडि डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्सभित्र शङ्कास्पद वस्तु फेला पारेर अनुसन्धान भइरहेको जनाएको छ । पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकले शङ्कास्पद वस्तुसहित पक्राउ गरेका चारै जनामाथि अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ पर्नेमा ४६ वर्षीय उम्मेदवार चौधरी, बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की, पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन् ।



त्यसैगरी, वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँस्थित विशेष सूचनाका आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले नौ थान सुतली बमसहित सुँगुरको टाउको एक थान र वाइरिङ तार १० मिटरसहित तीन जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेका व्यक्तिउपर विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्ति विरुद्धको कसुर र निर्वाचनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।





  • प्रकाशित मिति : २० फागुन, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया