विषादी परीक्षणको निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवारः मन्त्री यादव

काठमाडौं– नेपाल भित्रने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवार रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आरोप लगाएका छन् ।

मन्त्री यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनगरी सचिवहरुको भर पर्दा आफू डुबेको बताए । यादवले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने वेला मलाई गुमराहमा राखे ।’

प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता नभएको उल्लेख गर्दै उनले सचिवहरुको भर पर्दा आफू डुेको यादवकाे तर्क थियाे । 

पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै मन्त्री यादवले सबै जिम्मा आफैँ लिने बताए । पूर्वाधार बनाएपछि विषादी परीक्षण सुरु हुने यादवकाे भनाइ छ । 





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार १५:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया