धमाधम बिक्री हुँदै लघुवित्तको साधारण सेयर

काठमाडौं– पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण सेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । आइतबारदेखि आँधीखोला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बिक्री सुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बिक्री भइरहेको छ । 

यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ । संस्थाले सोमबार आह्वानपत्र प्रकाशित गरी आगामी साउन १ गतेदेखि पाँच करोड ३० लाखबराबरको पाँच लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागिएको उल्लेख गरेको  छ ।

आह्वानपत्र अनुसार सेयर बिक्री बन्द छिटोमा आगामी साउन  ५ गतेसम्म तोकिएको छ । संस्थाका कर्मचारीलाई आठ हजार २ सय ५० कित्ता र सामूहिक लगानी कोषलाई २६ हजार ५०० कित्ता सुरक्षित गरिएको छ । 

संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सो संस्थाको साधारण सेयरमा न्यूनतम १० देखि अधिकतम दुई हजार कित्तासम्म आवेदन दिन पाइनेछ । 

यसैबीच सहयोगी विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेसनलले उक्त विकास बैंकलाई प्राप्ति गर्ने भएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो । आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ । 

दुई संस्था गाभिएर एकीकृत कारोबार नहुँदासम्म सेयर कारोबार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिए । 



यस्तै स्टकमा सोमबार सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर लाभांश सूचीकृत भएको छ । कुल तीन लाख २३ हजार १ सय ९० कित्ता सेयर लाभांश सूचीकृत भएको हो ।



  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार १६:६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया