ढुंगाले हानेर श्रीमतीको हत्या

पोखरा– पोखरामा एक व्यक्तिले श्रीमतीलाई ढुंगाले हानेर हत्या गरेका छन् । महानगरपालिका १७ विरौटाका वीरबहादुर सुनारले आइतबार राति श्रीमतीको हत्या गरेका हुन् ।

४५ वर्षीय ध्रुव भन्ने वीरबहादुर सुनारले श्रीमतीलाई ढुंगाले हानी हत्या गरेको कास्की प्रहरीले जानकारी गराएको छ । सुनार ४० वर्षीया गंगा सुनारलाई टाउकोमा ढुंगाले हानी हत्या गरी फरार भएका थिए । प्रहरीले सोमबार दिउँसो वीरबहादुरलाई पक्राउ गरेको छ ।

उनलाई वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक कुल बहादुर रोक्काको कमाण्डमा खटिएको टोलीले पोखरा २२ कालिमाटीबाट पक्राउ गरेका थियो । उनी पोखरा १७ बिरुवास्थित तुलसी थापाको कुखुरा फर्ममा काम गर्दै आएका थिए ।

गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन् ।





  • प्रकाशित मिति : असार २३, २०७६ साेमबार १७:२९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया