Tue, 16 Jul, 2019


मन्द विष खुवाएर जनसंख्या घटाउन लागेको हो सरकार ?
फरकधार / असार २४, २०७६

काठमाडौं– नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन दिने सरकारको निर्णयको विरोध गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भुसालले मन्द गतिमा विष खुवाएर सरकार जनसंख्या घटाउनतिर लागेको आरोप लगाइन् । 



नेपालमा तीन करोडभन्दा कम जनसंख्या रहेको तर सो संख्या सरकारलाई बढी भएको भन्दै उनले प्रश्न गरिन्, ‘सरकार किन नेपाली जनतालाई माया गर्दैन ? आज यो सरकारले जनसंख्या किन घटाउन खोज्दै छ ? मन्द विष खुवाएर सरकार जनसंख्या घटाउनतिर किन लाग्यो ?’ 

सो सम्बन्धमा सरोकारवाला मन्त्रालयको जवाफ माग गर्दै उनले जवाफ चित्तबुझ्दो नआए संसद् चल्न नदिने चेतावनी दिएकी थिइन् । 

माओवादीको १० वर्षे सशस्त्र युद्धलाई कांग्रेसले शान्ति प्रक्रियामा ल्याएर हल गरेको स्मरण गराउँदै उनले निहत्था नागरिकको हत्या किन हुँदै छ भन्दै सरकारको जवाफ माग गरेकी थिइन् । 

त्यसपछि स्थगित भएके प्रतिनिधिसभाको बैठक सभामुखले बुधबारलाई सारेका छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्