भाजपा सांसदलाई मोदीको निर्देशन– गान्धीजयन्तीमा १५० किलोमिटर पदयात्रा गर्नू

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पार्टी भाजपाका सबै सांसदलाई महात्मा गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा १५० किलोमिटर पदयात्रा गर्न निर्देशन दिएका छन् । 

जसअनुसार, भाजपासम्बद्ध सबै लोकसभा सदस्यले २ देखि २१ अक्टोबरसम्म आ–आफ्नो निर्वाचन क्षेत्रमा हुने पदयात्राको नेतृत्व गर्नेछन् । भाजपाले नजितेका क्षेत्र भने राज्यसभा सदस्यहरुलाई जिम्मा लगाइएको छ । पदयात्रासँगै उनीहरुले महात्मा गान्धी र स्वतन्त्रताको संघर्षबारे विभिन्न कार्यक्रम गर्नेछन् । 

रिपोर्टअनुसार, हरेक लोकसभा क्षेत्रमा १५ देखि २० टोली खटाइनेछ । प्रतिदिन १५ किलोमिटर पदयात्रा चल्नेछ । सांसदहरु महात्मा गान्धी र स्वतन्त्रता संघर्षबारेका कार्यक्रमसँगै वृक्षारोपणमा समेत सहभागी हुनेछन् । 





  • प्रकाशित मिति : असार २४, २०७६ मंगलबार १६:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया