कंगनाले मिडियासँग माफी नमाग्ने !

एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौट केही दिनअघि एउटा गीतको लन्चिङ कार्यक्रममा एक पत्रकारसँग निकै रिसाइन् । मिडियासँग उनले कुराकानी गरिरहँदा यो स्थिति उत्पन्न भएको थियो । 

पत्रकार सम्मेलनमा जस्टिन राव नामका पत्रकारले जब कंगनालाई प्रश्न सोध्न आफ्नो नाम भनेका थिए, कंगना अचानक रिसाएकी थिइन् । उनी लामो समय ती पत्रकारसँग झगडा गरिरहिन् । 

कंगनाको यो व्यवहारको निकै आलोचना भइरहेको छ । अनि मिडियामा उनले माफी माग्नु पर्ने विषय उठिरहेको छ । तर, कंगनाक बहिनी रंगोली चन्देलले ट्विटरमा लेखेकी छिन्– कंगनाले यो विषयमा कहिल्यै पनि माफी माग्ने छैनन् ।

खासमा त्यो पत्रकार सम्मेलनमा कंगनाले जस्टिनले आफ्नो नाम लेख्ने वित्तिकै भनेकी थिइन्, ‘जस्टिन तिमी त हाम्रो दुश्मन पो भएका छौ त, कस्ता नराम्रा कुराहरु लेख्छौ ।’ त्यसपछि उनले पुराना कुराहरु निकै धेरै जोड्दै एकोहोरो ती पत्रकारमाथि खनिएकी थिइन् ।





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार ११:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया