Tue, 16 Jul, 2019


मदन पुरस्कारका २०७५ का लागि ७ पुस्तकको सूची सार्वजनिक
फरकधार / असार २५, २०७६

काठमाडौं– मदन पुरस्कार गुठीले २०७५ सालका लागि मदन पुरस्कार दिन सात पुस्तकको सूची सार्वजनिक गरेको छ । 



गुठीले एक विज्ञप्ति सार्वजनिक गर्दै यी पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश परेका छन् ।

गुठीले आफूलाई प्राप्त २५७ कृतिबाट यी कृति छानिएको जनाएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्