संसद् सरकारको छायाको रूपमा सीमित

काठमाडौं– नेपाली कांग्रेसका युवानेता एवं सांसद गगन थापाले संसद् सरकारको छायाको रूपमा सीमित हुँदै गएको बताएका छन् । थापाले सरकारको छायाको रूपमा सीमित भएको संसदका सभामुखले पनि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

सरकारले प्रतिपक्षी दललाई पेलेर जाने नियत राखेको र सरकारको सो नियतलाई सभामुखले अनुशरण गरेको उनको आरोप छ । संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने थापाले बताए ।

‘नेपालको संसद् सरकारको छायाको रूपमा सीमित रहेको छ । सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न सक्नुभएको छैन,’ उनले भने, ‘संसद्प्रति सांसदकै भरोसा टुट्छ भने आमव्यक्तिहरूको भरोसा के रहन्छ ?’ 

सभामुखले पेलेर जाने नियत राखेको भन्दै उनले संसदीय छानबिन समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद् चल्ने कुरामा सहयोग नरहने प्रस्ट पारे । । यसको सामना गर्न सरकार र सभामुख तयार हुनुपर्ने उनको भनाइ छ । 

मंगलबारको बैठकमा सभामुख संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेको तर सरकारको निर्देशनपछि पछि हटेको उनको दाबी थियो । सर्लाहीका दुई भिन्नभिन्न घटना असामान्य भएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्ने ठानेर आफूहरूले संसदीय छानबिन समिति गठनको माग गरेको उनले बताए । 





  • प्रकाशित मिति : असार २५, २०७६ बुधबार १८:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया