विश्वकप क्रिकेटमा इंग्ल्यान्ड र अस्ट्रेलियाबीच सेमिफाइनल खेल सुरु

काठमाडौं– विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल सुरु भएको छ । इंग्ल्यान्डमा जारी सो खेलमा अस्ट्रेलियाले टस जितेर आयोजक इंग्ल्यान्डलाई बलिङको निम्तो दिएको छ ।

बिहीबारको खेल जित्नेले फाइनलमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । दुवै टोली अब्बल रहेका कारण कसले बाजी मार्छ भन्न नसकिने अवस्था छ ।

आयोजक इंग्ल्यान्ड वरीयतामा १ नम्बरमा रहेका कारण उसलाई प्रबल दाबेदारका रुपमा हेरिएको छ । चार वर्षअघि घरेलु मैदानमै उपाधि जितेको अस्ट्रेलिया पनि कमजोर पककै छैन । अस्ट्रेलियाको पछिल्लो प्रदर्शन अत्यन्त राम्रो छ।

यी दुईमध्ये विजेता टिमले जुलाई १४ मा लर्ड्समा हुने फाइनलमा न्यूजिल्याण्डसँग उपाधिका लागि खेल्नेछ । न्युजिल्यान्ड यसअघि नै भारतलाई १८ रनले पराजित गर्दै फाइनल पुगेको छ ।





  • प्रकाशित मिति : असार २६, २०७६ बिहीबार १६:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया